शिवशिखरद्वारा नगर विपद कोषमा ८ क्वीन्टल चामल हस्तान्तरण

धनगढी । धनगढी स्थित शिव शिखर कृषी सहकारी संस्था लिमिटेडले धनगढी उप–महानगरको कोरोना कोषमा ८ क्वीन्टल ७५ किलो मसिनो चामल सहयोग गरेको छ ।
कोरोना रोग फैलिन नदिन सरकारले गरेको लकडाउन पछि खाद्ये संकटमा परेका नागरिकलाई राहत उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले चामल सहयोग गरेको शिवशिखर सहकारी संस्था धनगढी शाखा प्रबन्धक हेमराज जोशीले बताए ।
शिवशिखर सहकारी संस्था लिमिटेडले उत्पादन गरेको तुलसी मसिनो चामल आइतबार नगर प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरिएको शाखा प्रबन्धक जोशीले बताए ।
विपदको परिस्थितीमा सामाजिक उत्तरदायीत्व स्वरुप चामल वितण गरिएको उनले बातए ।