१० श्रावण २०८१, बिहीबार

घोडाघोडी कोरोना कोषमा ५६ लाख



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले स्थापना गरेको कोरोना सहयोग कोषमा हालसम्म ५६ लाख रुपैयाँ संकलन भएको छ ।

सो कोषमा विभिन्न संघसंस्था, व्यक्ति तथा बैंक र वित्तीय संस्थाहरुबाट सहयोग रकम प्राप्त भएको जनाइएको छ ।

नगरपालिकाले सुरुमा २० लाख रुपैयाँ जम्मा गरी कोष स्थापना गरेको थियो ।

कोषको रकमबाट कोरोना रोकथाम तथा राहत वितरणमा खर्च गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले बताए । उनले हालसम्म पहिलो र दोस्रो चरणमा गरेर एक हजार पाँच सय ९० परिवारलाई राहत वितरण गरिएको बताए ।

नगरपालिकाले बनाएको कार्यबिधि अनुसार अति विपन्न परिवारलाई चामल, दाल, नुन, लिटर तेल र साबुन वितरण गरिएको छ । तेस्रो चरणको राहत कार्य सुरु भईसकेको र नौ सय परिवारलाई राहत वितरण गरिने निमित्त प्रमुख प्रशासकिय अधिकृत सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार