कैलालीमा प्रहरी जवान मृत फेला
कैलाली । कैलालीमा एकजना प्रहरी जवान मृत फेला परेका छन्। जिल्लाको महोन्याल गाउँपालिका ४ खिमडीमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान मृत फेला परेका हुन्।

अछामको सायल गाउँपालिका ६ का २९ वर्षका लोकेन्द्र बोहोरा मृत फेला परेका हुन्। मंगलबार साँझ खाना खाएर कोठामा सुतेका उनी राति ३ बजे ड्युटीका लागि उठाउँदा मृत भेटिएको इलाका प्रहरी कार्यालय खिमडीका प्रहरी सहायक निरीक्षक बहादुर सिंह ऐरीले बताए।
बोहोराले १ वर्ष अघिदेखि इलाका प्रहरी कार्यालय खिमडीमा सेवा दिँदै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको ऐरीले जानकारी दिए।