११ श्रावण २०८१, शुक्रबार

वीरगञ्जमा थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो



काठमाडाैं । वीरगञ्जमा बुधबार थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरुलाई कोरोना पोजेटिभ देखिएको हो।

वीरगञ्ज– २ छपकैयाका ४६ वर्षीय पुरुष, बारा, सिम्रौनगढका ३१ वर्षीय पुरुष र बारा जीतपुर– ७ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरु तीनै जना यसअघि वीरगन्ज(१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए।  आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार