१० श्रावण २०८१, बिहीबार

आफ्नै ढंगले राहत वितरण गर्दै स्थानीय तह



सुखड । कैलालीको टीकापुर नगरपालिकाले हाल सम्म करिव पाँच हजार जनालाई राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले परिवार संख्याको आधारमा १५ देखि २५ किलो चामल, तीन किलो दाल र अन्य खाद्य समाग्री वितरण गरेको जनाएको छ ।

त्यस्तै, गौरीगंगा नगरपालिकाले हालसम्म एक हजार आठ सय ९४ जनालाई परिवार संख्याको आधारमा १० देखि १५ किलो चामल, दुई किलो दाल तितरण गरेको छ ।

त्यस्तै, घोडाघोडी नगरपालिकाले हालसम्म एक हजार सात सय परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ भने बर्दगोरिया गाउँपालिकाले एक हजार ९ सय ५५ जनालाई परिवारलाई चामल, दाल र नुन, तेल वितरण गरेको छ । बर्दगोरिया गाउपालिकाले राहत वितरणका लागि फेरि एक हजार चार सय १६ जनाको नामावली सार्वजनिक गरेको छ । भने घोडाघोडी नगरपालिकाले एक हजार दुई सय जनाको फारम संकलन गरेको जनाएको छ ।

नेपाल सरकारले प्रति परिवार ३० किलो चामल, तीन किलो दाल, दुई किलो चिनी, दुई लिटर तेल, दुई पाकेट नुन र चार वटा साबुन वितरण गर्नुपर्ने र परिवारमा दुई जनामात्र सदस्य भए त्यसको आधा वितरण गर्नुपर्ने मापदण्ड निर्धारण गरेको छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गत चैत्र १९ गते बसेको सचिव स्तरीय बैठकको निर्णय अनुसार सरकारले निर्माण गरेको मापदण्ड अनुरुप राहत वितरण गर्न सबै स्थानीय तहमा परिपत्रसमेत गरिसकेको जनाइएको छ । यही मापदण्डअनुसार राहत वितरण गर्न परिपत्र गर्दै सुदुरपश्चिम प्रदेश सरकारले पनि कैलालीका १३ वटा स्थानीय तहमा ३ करोड ६६ लाख ५० हजार रुपैया पठाएको छ तर कैलालीका अधिकांश स्थानीय तहले यो मापदण्ड पालना गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार