१० श्रावण २०८१, बिहीबार

१८ वर्षीया युवतीको शव फेला



बैतडी । बैतडीमा १८ वर्षीया युवतीको शव फेला परेको छ ।

जिल्लाको शिवनाथ गाउँपालिका ४ की १८ वर्षीया गीता महरको भएको प्रहरीले बताएको छ।

शनिबार घरबाटै बेपत्ता भएकी गीता शिवनाथ गाउँपालिका २ स्थित दोगडाखोलामा मृत अवस्थामा फेला परेकी बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। खोलाले बगाएको हो वा के कारण मृत्यु भएको भन्नेबारे खुल्न सकेको छैन ।

शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार