८ जेष्ठ २०८१, मंगलवार

थप १० दिन लकडाउन गर्ने सरकारको निर्णय



काठमाडौं- सरकारले थप १० दिन लकडाउन जारी राख्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरषद् बैठकले थप १० दिन वैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए। 

यसअघि बैसाख ३ गते १२ दिन लकडाउन गर्ने निर्णय गरेको थियो। अब वैशाख २५ गतेसम्म लकडाउन जारी रहेने भएको छ। 

नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार