६ कार्तिक २०८१, मंगलवार

कैलालीमा लुकिछिपी खयरका रुख काटियो ( भिडियो सहित )



वन कार्यालयका चालक पनि संलग्न भएको आरोप

धनगढी, वैशाख १२ गते । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ३ मा लकडाउनको फाइदा उठाउदै खयरका रुख काटिएको छ ।

शिवगंगा सामुदायिक वनमा चारवटा जति रुख काटेर लुकाएर राखेको अवस्थामा स्थानीयबासीले खयरका ४४ गोलिया काठ फेला पारेका हुन ।

खयर कटानीमा वन डिभिजन कार्यालय कैलालीमा कार्यरत चालक लालबहादुर चौधरी पनि संलग्न रहेको स्थानीयको दावी रहेको छ ।

चालक चौधरी संलग्न रहेकैले सो विषय मिलाउन दवाव दिएर दिउँसो २ः३० वजे भेटिएको काठ चौमाला सव डिभिजनले रातिसम्म पनि उठाइएको छैन ।

हाल धनगढीमा रहेका चालक चौधरी र उनका दाइ वासु चौधरी लगायतले केही दिन अघि खयरका रुख काटेको दावी स्थानीयको छ । खयरका गोलिया चालक चौधरीको खेतबारीमा भेटिएका थिए ।

ती काठमध्ये ३८ चोरी हुने सम्भावन भएपछि सामुदायिक वनमा राखिएको छ । काठ राख्ने रोहवरमा सामुदायिक वनका अध्यक्ष कृष्णराज योगी र चौमाला सहायक वन डिभिजनका कर्मचारी निख्खु चौधरी लगायत पनि रहेका छन् ।

वन डिभिजन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले आफूलाई सो विषयमा जानकारी नरहेको बताए । उनले अब चौमाला वन डिभिजनलाई परिचालन गर्ने बताए । डिभिजन प्रमुख कँडेलले लाल नामका व्यक्ती वन डिभिजनको चालक भएको भने स्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार