१० श्रावण २०८१, बिहीबार

क्वारेन्टाईन व्यवस्थापनका लागि वर्ल्ड भिजनको सहयोग



धनगढी । वल्र्ड भिजन इन्टरनेशनल नेपालले सुदूरपश्चिम प्रदेशको तीन जिल्लामा क्वारेन्टाईन व्यवस्थापनका लागि विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

वल्र्ड भिजनले कोभिड—१९ प्रतिकार्य योजना अन्तरगत कैलाली, डोटी र अछामका विपद् व्यवस्थापन समितिहरुलाई त्रिपाल, बाल्टी, पिफम, कम्बल र झुल हस्तान्तरण गरेको हो । वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग र स्थानीय साझेदार संस्थाहरुको साझेदारीमा कोरोना भाइरस प्रतिकार्य योजना अन्तर्गत कोरोना भाइरस प्रभावित बालबालिका, महिला तथा अत्तिजोखिममा रहेका समुदायहरुलाई सहयोग गर्ने उद्देश्यले सामाग्री हस्तान्तरण गरेको वल्र्ड भिजन इन्टरनेसनल नेपाल पश्चिम क्षेत्रीय व्यवस्थापक चेतराज भट्टराईले बताए ।
उनले त्रिपाल आठ सय २० वटा, बाल्टी एक सय ६० वटा, पिफम १२ रोल, कम्बल दुई वटा र झुल चार सय ९४ वटा हस्तान्तरण गरिएको बताए । उनले कैलालीलाई त्रिपाल दुई सय ६० वटा, बाल्टी ५० वटा, पिफम ४५ रोल, कम्बल चार सय ९४, झुल २०० वटा, डोटी विपद् ब्यवस्थापन समितिलाई त्रिपाल १८० वटा, बाल्टी ४५ वटा, पिफम ९ रोल, कम्बल १००, झुल १०० वटा र अछाम विपद् ब्यवस्थापन समितिलाई त्रिपाल १८० वटा, बाल्टी ४० वटा, पिफम ९ रोल, कम्बल ९०, झुल ९० वट ाहस्तान्तरण गरिएको बताए ।


वल्र्ड भिजनले कैलालीको भजनी, घोडाघोडी, टिकापुर, गौरीगंगानगरपालिका र कैलारी गाउँपालिकामा पनि क्वारेन्टाईन ब्यवस्थापनका प्रत्येक पालिकाका लागि त्रिपाल ४० वटा, बाल्टी ११ वटा, पिफम ३ रोल, कम्बल २०, झुल २० वटा, चामल ८ क्विन्टल, साबुन १३० वटा, सेनिटाईजर ३६ वटा, जग ३ वटाका दरले वितरण गरेको छ ।
डोटीका प्रमूख जिल्ला अधिकारी टेकनारायण अधिकारीले सामाग्री सहयोगको लागि वल्र्ड भिजनलाई धन्यवादव्यक्तगर्दै कोरना भाइरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा स्थानियस्तरमा आवश्यकताअनुसार यि सामाग्री पठाइने जनाए । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहोनराज जोशीले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सामाग्री सहयोगको यसका साथै वल्र्ड भिजनलाई धन्यवाद व्यक्त गर्दै कोरना भाइरस रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा स्थानीयस्तरमा पनि मद्दत बढाउनुपर्ने बताए ।
वल्र्ड भिजनका पश्चिम क्षेत्रीय व्यवस्थापक भट्टराईले तत्कालका लागि कोभिड—१९ प्रतिकार्य योजना प्रदेशको कैलाली, डोटी, अछाम र बझाङ जिल्लाका विभिन्न १६ वटा गाउँ तथा नगरपालिकामा मात्र संचालन हुने भए तापनि आवश्यक अनुरुप अन्य ठाउँ÷जिल्लाहरुमा सहयोग विस्तार गर्न प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार