१२ श्रावण २०८१, शनिबार

सरकारले दुईवटै अध्यादेश फिर्ता लिने



तस्बिर प्रधानममन्त्रीको कार्यालयबाट प्राप्त

धनगढी, वैशाख १२ गते । सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी जारी अध्यादेश र्फिर्ता लिने भएको छ ।

तस्बिर प्रधानममन्त्रीको कार्यालयबाट प्राप्त

आज बसेको मन्त्री परिषदको बैठकले दुईवटै अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारले गरेको सो निर्णय राष्टपति कहाँ पठाएपछि ति विद्येयक फिर्ता हुने छन् ।

दल सम्वन्धी अध्यादेशले मधेसी दल फुटाउन असफल हुनु र नेकपा भित्र चर्को विरोध भएपछि प्रधानमन्त्री विहीबार नै अध्यादेश फिर्ता लिन तयार भएका थिए ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसंगको छलफलमा प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने प्रतिवद्धता गरेका थिए ।

कारोना संक्रमणको चपेटामा देश परेका वेला फोहोरी राजनीति भएको भन्दै जनस्तरबाट पनि अध्यादेशको चर्को विरोध भएको थियो । सचेत नागरिकले विभिन्न सञ्चार माध्याम र सर्वसाधारणले सामाजिक सञ्जालबाट विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार