१ बैशाख २०८२, सोमबार

अध्यादेशविरुद्ध सांकेतिक प्रदर्शन



धनगढी । सरकारले ल्याएको अध्यादेश फिर्ता गर्न माग गर्दै सुदूरपश्चिम प्रदेशको हाल राजधानी रहेको धनगढी स्थित मुख्यमन्त्री कार्यालय र प्रदेश सभा अगाडी नेपाल विद्यार्थी संघले सांकेतिक प्रदर्शन गरेको छ ।

शुक्रबार विहानै उनीहरुले सुदूरपश्चिम प्रदेश सभा सचिवालय अगाडी र दिउसो मुख्यमन्त्री कार्यालय अगाडी नेबिसंघका बिद्यार्थीहरुले प्रदर्शन गरेका हुन ।

विवादस्पद अध्यादेश फिर्ता गर, जनताको जिवन रक्षामा केन्द्रीत गर लगायतका नारा प्ले कार्डमा उल्लेख थियो ।

प्रदेश सभा अगाडी नेविसंघका केन्द्रीय सदस्य विनय लामाको नेतृत्वमा सामाजिक दुरी कायम गरी प्रदर्शन गरिएको छ भने मुख्यमन्त्री कार्यालय अगाडी नेबिसंघ केन्द्रिय सदस्य सुमन केसीको नेतृत्वमा बिरोध प्रर्दशन गरिएको हो ।

लोकतन्त्रमाथि प्रहार गर्ने वर्तमान सरकारका विरुद्ध लडकाउनमा समेत विरोधमा उत्रन परेको नेविसंघ केन्द्रीय सदस्य सुमन केसीले बताए । उनले अध्यादेश फिर्ता नलगे कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार