२५ मंसिर २०८१, मंगलवार

लम्कीकी कोरोना संक्रमित ६० वर्षीया पाना विक घर फर्किन (भिडियो सहित)



अव एक जना ३४ वर्षीय महिला मात्रै उपचारमा छन् ।
– सेती अस्पतालबाट यसअघि तीन जना पुरुष उपचारले निको भएपछि घर फर्किएका छन ।

धनगढी, वैशाख ११ गते । कैलालीको लम्की चुहाकी ६० वर्षीया पाना विक कोरोना संक्रमणको उपचार गरेर घर फर्किएकी छन् । सेती प्रादेशिक अस्पतालबाट उपचार गरेर घर फर्किने उनी चौथो संक्रमित हुन ।

केन्द्रीय प्रयोगशालाले वैशाख १ गते कोरोना संक्रमण देखाएपछि उनी सोही दिन सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएकी थिइन ।

लम्की चुहा नगरपालिका‐१ भुरुवाकी उनी पर्सा जिल्लाको बिरगञ्ज बसपार्कमा चिया व्यापार गर्ने गर्थिन । उनी विरगञ्जबाट ३६ जनाको समूहमा चैत्र १७ गते हिडेर १८ गते कैलाली पुगेको थिइन । ३६ जनामा २६ जना कैलालीको र अन्य दाङ ,अर्घाखाची लगायत ठाउँको रहेको थिए । ती सबैको पनि स्वाब परीक्षण भएर नेगेटिभ रिपोर्ट आइसकेको छ ।

कैलाली पुगेपछि उनीहरुलाई कैलालीको लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेइन्टानमा राखिएको थियो । उनको एक सातापछि फेरि स्वाब परीक्षण गरिने भएको छ । उनलाई सो अवधीसम्म अलग्गै बस्न भनिएको छ ।

अस्पतालका प्रवक्ता डा. जगदीश जोशीका अनुसार सेतीमा उपचार गराएका पाँचै जनालाई भेन्टिलेटरमा नराखेरै सामान्य ढंगले उपचार गरिएको छ ।

सेतीमा अव सङक्रमण देखिएकी धनगढीकी३४ वर्षीया एक महिला मात्र उपचारमा छन । उनको अवस्था पनि सामान्य छ ।

सेतीबाट सबैभन्दा पहिला वैशाख ७ गते कैलालीको लम्कीचुँहा–९ का २१ वर्षीय राज विक घर गएका थिए । त्यसपछि वैशाख ९ गते कैलालीकै धनगढी उपमहानगरपालिका–५ तारानगरका ३४ वर्षीय अमृत शाही र चैत १० गते कञ्चनपुरको वेदकोट नगरपालिका –१० का ४१ वर्षीय इन्द्र विक घर फर्किए ।

#कोरोना समाचार #सेती अस्पताल #पाना विक

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार