१० श्रावण २०८१, बिहीबार

३५ जनाको उद्धार गरी क्वारेन्टाइनमा राखियो



धनगढी । कैलालीको चुरे गाउँपालिकाले देशका विभिन्न जिल्लाबाट घर फर्कदै गरेको अवस्थामा बीच बाटौमै अलपत्र परेका ३५ जनाको उद्धार गरेको छ ।

फाइल फाेटाे

लकडाउनका कारण अलपत्र परेका चुरे र डोटीका गरी ३५ जनाको उद्धार गरेको गाउँपालिकका अध्यक्ष धनबहादुर रोकामगरले बताए ।

रोजगारीको शिलसिलामा काठमाण्डौं र दोलखा जिल्ला पुगेका उनीहरुलाई लकडाउनका कारण खानलाउन समस्या भएपछि घर फर्कदा कैलालीको अत्तरियास्थित स्याउलेबाट उद्धार गरी चुरे–४ जगादीको समैची आधारभुत विद्यालयको क्वारेन्टाइनमा राखिएको रोकामगरले बताए ।

सो विद्यालयको क्वारेन्टाइनमा बडीकेदार गाउँपालिका डोटीका ४ र चुरेका विभिन्न वडाका २० गरी २४ जनालाई राखिएको जनाइएको छ । उनीहरुलाई क्वारेन्टाइनमा खान र बस्नको लागि व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष दीपादेवी साउँदले बताइन् ।

उनीहरु गाउँपालिकाको सम्पर्कमा आएपछि गाउँपालिकाले उद्धार गरी क्वारेन्टाइनमा राखिएको जनाइएको छ । आइतबार मात्रै अत्तरियाबाट ६ जनाको उद्धार गरी चुरे–१ स्थित मोहन्याल माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको वडाध्यक्ष हुकुम बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार