१२ श्रावण २०८१, शनिबार

नेकपाका २० स्थायी समिति सदस्यद्धारा बैठकको माग गर्दे अध्यक्षद्धय ओली ‐ प्रचण्डलाई पत्र (हस्ताक्षर गर्नेहरुको नाम सहित )



नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का २० जना स्थायी समिति सदस्यहरुले सरकारले जारी गरेका दुई अध्यादेशका विषयलाई लिएर स्थायी समितिको बैठक माग गरेका छन् ।

उनीहरुले बैठक माग गर्दे केन्द्रीय कार्यालयमा हस्ताक्षर सहितको पत्र बुझाएका छन् । पत्रमा अध्यक्षलाई सम्वोधन गरिएको छ ।

हस्ताक्षर गर्नेमा नेताहरु अध्यक्षद्धय केपीशर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल निकटका स्थायी समितिका सदस्यहरु छन ।

सो पत्रमा अहिले दल सम्वन्धी र संवैधानिक परिषद विद्येयक भन्दा कोरोना संक्रमणको उपचार र नियन्त्रण महत्वको विषय हो भनिएको छ ।

४४ सदस्यीय स्थायी समिति अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको अवस्था प्रतिकुल रहेको चर्चा हुँदै आएको छ । आजको पत्रमा हस्ताक्षर गर्नेको संख्या २० छ । हस्ताक्षरका पक्षमा उभिनेको संख्या ३२ पुग्ने सम्भावना रहेको बताइन्छ ।

मन्त्री र राजनीतिक नियुक्तीमा रहेकाहरुले भने सो पत्रमा हस्ताक्षर गरेका छैनन् । हस्ताक्षर गर्नेमा अष्टलक्ष्मी शाक्य, गणेश शाह, गोकर्ण विष्ट, चक्रपाणी खनाल, जनाद्र्धन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुंग, देवेन्द्र पौडेल, पम्फा भुषाल , वेदूराम भुषाल, भीमबहादुर रावल, मणीचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लीलामणी पोख्रेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिवोल गजुरेल रहेका छन् । मुकुन्द न्यौपाने बाहेक प्राय सबै अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल निकटका हुन । विगतमा प्रधानमन्त्री ओली निकट मानिने न्यौपाने अहिले असन्तुष्ट रहेको नेकपा स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार