संगमद्वारा नगर कोरोना कोषमा एक लाख सहयोग
धनगढी । कोरोना महामारीबाट बच्न धनगढी उप–महानगरपालिकाले स्थापना गरेको कोषमा संगम सहकारी संस्थाले एक लाख आर्थिक सहयोग गरेको छ ।
धनगढी–४ मा रहेको संगमले गरेको सो सहयोग नगर क्षत्रमा सञ्चालित सहकारी मध्य सवै भन्दा ठुलो राशी भएको नगर प्रमुख नृप बहादुर वडले बताए ।
उनले संकटको घडिमा संगमले गरेको आर्थिक सहयोगले विपन्न परिवारलाई राहत वितरण रोग नियन्त्रणमा ठुलो टेवा पुग्ने बताए । रकम संगम सहकारी संस्थाका अध्यक्ष नरेश विष्टले नगर प्रमुख वडलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा संगम सहकारी संस्थाका व्यवस्थापक मोहन विष्ट, कोषध्यक्ष सावित्री साहु लगायतको सहभागिता रहेको थियो ।