महिलामाथि कुटपिट गर्ने बाबु छोरा पक्राउ
धनगढी । कैलाली प्रहरीले महिलामाथि गालीगलौज तथा कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ५१ बर्षिय नन्द किशोर कलौनि उनका २४ वर्षिय छोरा जगदिशलाई पक्राउ गरेको हो ।
उनीहरुले मादक पदार्थ सेवन गरी स्थानीय तीन महिलालाई गाली गलौजसंगै कुटपिट गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले स्थानीय गुमला चन्द, निजका छोरीहरु अनुता चन्द र ज्योती चन्दलाई गालि गलौज गरी कुटपिट गर्दा टाउको हात समेतमा चोट लागि घाईते भएको कैलाली प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।
दुवै बाबु छोरालाई पक्राउ गरी म्याद थप लिई अनुसन्धान भई रहेको र पिडितहरुको उपचार भई रहेको प्रवक्ता बस्नेतले जानकारी दिए ।