१० श्रावण २०८१, बिहीबार

चोरीको आरोपमा एक पक्राउ



कैलाली । कैलालीमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले गौरिगंगा नगरपालिका वडा नम्बर १० भगतपुर बस्ने २० बर्षिय केशब चौधरीलाई चोरीको आरोपमा पक्राउ गरेको हो ।

कैलाली प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले युवकले विभिन्न मितिमा कैलारी गाउँपालिकाका दुई स्थानमा चोरी गरेको जानकारी दिए ।

युवक चौधरीले चैत २० गते कैलारी गाउपालीका वडा नम्बर ८ पृथ्वीपुर मोहना बजार स्थित रुभान फेन्सी पसलबाट लुगा कपडा, नगद, चेक, पासबुक गरी अन्दाजी रु. ५३ हजार सात सय ५० रुपैयाँ र वैशाख ४ गते कबिर एण्ड राज ट्रेडर्समा मोबाईल, राउटर गरी अन्दाजी मुल्य ४९ हजार एक सय ५० रुपैया बराबरको सर समान चोरी गरेको जनाइएको छ ।

उनले घटना अनुसन्धानमा खटिईएको प्रहरी टोलीले अनुसन्धान गर्दै जादाँ ती युवकबाट सामान वरामद गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार