२३ बैशाख २०८१, आईतवार

नेपालकै चौथो कोरोना सङ्क्रमित धनगढीका युवा अमृत शाही घर फर्किए



धनगढी, वैशाख ९ गते । कोरोना सङक्रमित धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३४ वर्षीय अमृत शाही उपचारबाट निको भएपछि घर फर्किएका छन् ।
नेपालको चौथो सङक्रमित शाही झण्डै एक महिना सेती प्रादेशिक अस्पताल बसेपछि घर फर्किएका हुन । उनले आफूलाई उपचारमा सहयोग गर्ने चिकित्सक र नर्सहरुका साथै प्रत्यक्ष तथा अप्रत्यक्षढंगले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

म चिकित्सकको सल्लाह अनुसार सात दिन घरमा छुट्टै बस्ने छु उनले भने फेरि स्वाब परीक्षण गर्ने छु । चैत ११ गते कोरोनाको आशंकामा अस्पताल पुगेका शाहीलाई केन्द्रीय प्रयोगशालाले चैत १४ गते कोरोना भएको पुष्टी गरेको थियो ।
उनी चैत ७ दुवईबाट दिल्लीहुँदै काठमाडौ पुगेका थिए । भने चैत ८ गते नबुद्ध एअरबाट नेपालगञ्ज आएका थिए । सोही दिन उनी त्यहाँबाट अटोरिक्सामा कोहलपुर र कोहलपुरबाट अत्तरियासम्म माइक्रो वसमा त्यहाँबाट बसमा धनगढी पुगेका थिए ।


तीन दिन घर बसेपछि उनी अस्पताल गएका थिए । उनीपछि उनको भाउजूमा पनि कोरोना देखिएको थियो । सेती अस्पतालमै उपचार गरिरहेकी उनकी भाउजूको पनि स्वास्थ्य राम्रो हुँदै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
आइतबार मात्रै लम्की चुँहाका राज विक पनि १६ दिन लामो उपचार गरेर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार