अलपत्र परेका व्यक्तिहरुको उद्धार
धनगढी । कैलालीको चुरे गाउँपालिकाले काठमाण्डौंबाट फर्केर अत्तरियामा अलपत्र परेका व्यक्तिहरुको उद्धार गरेको छ । आइतबार काठमाण्डौंबाट–अत्तरिया झरेका चुरे गाउँपालिका–१ का स्थानीय ६ जनालाई उद्धार गरेको हो ।
रोजगारीको शिलशिलामा काठमाण्डौं पुगेका उनीहरु लकडाउनका कारण काम बन्द भएपछि काठमाण्डौंमै अलपत्र परेका थिए । अत्तरियामा पुगेका उनीहरु गाउँपालिकाको सम्पर्कमा आएपछि गाउँपालिकाले उद्धार गरी चुरेमा लगिएको अध्यक्ष धनबहादुर रोकामगरले बताए ।
उनीहरुलाई चुरे गाउँपालिकाले स्थापना गरेको क्यारेन्टाइनमा राखिने उनले बताए । बाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिन अनिबार्य क्यारेन्टाइनमा राखेर घर फिर्ता गरिने जनाइएको छ ।