डडेल्धुरामा पासो लगाएर मारिएको गाई भेटियो

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १ मा पासोमा झुण्ड्याएर मारिएको गाइको शव र कंकाल भेटिएको छ।
सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्थामा गाईको शव भेटिएको हो। महादेव सामुदायिक वन र रानीवन सामुदायिक वनको सीमामा गाईको कंकाल भेटिएको स्थानीय दत्तराज अवस्थीले जानकारी दिए।
गाईको हत्या गरिएको हुन सक्ने अनुमान गरिएको छ। यसअघि चैत्र ६ गते समेत देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा पाँचवटा गाई झुन्डिएको र १ गाईको बाङ्गारा भेटिएको थियो।