कैलालीका घरधनीलाई घरभाडा मिनाहा गर्न आग्रह
तीन महिनाको व्याज मिनाह गरेर व्यवसाय प्रर्वद्धनमा सहयोग गर्न पनि सरकारसंग आग्रह
धनगढी, वैशाख ८ गते । कैलाली उद्योग वाणिज्य संघलै कैलाली जिल्लाभरका घरधनीलाई लकडाउन अवधीको घरभाडा मिनाहा गरिदिन आग्रह गरेको छ ।
चैत ११ देखि अहिलेसम्म लकडाउन छ, त्यसबाट व्यापार व्यवसाय पनि प्रभावित छ त्यसैले घरभाडा मिनाहा गरिदिन हुन आग्रह गर्दछु सोमबार संघका अध्यक्ष पुष्प कुँवरले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा सरकारले समेत घरभाडा मिनाहको लागि आग्रह गरेको कुरालाई पनि स्मरण गरिएको छ ।
अध्यक्ष कुँवरद्धारा जारी विज्ञप्तीमा व्यापार व्यवसाय सञ्चालन नभएकोले तीन महिनाको व्याज मिनाह गरेर व्यवसाय प्रर्वद्धनमा सहयोग गर्न पनि सरकारसंग आग्रह गरिएको छ ।