१० श्रावण २०८१, बिहीबार

अबैध बन्दुक राख्ने श्रीमान् भागेपछि उनकी श्रीमती पक्राउ



धनगढी, वैशाख ८ गते । कैलालीको मोहन्याल गाउँपालिका –३ फल्लेबिसौनास्थित चन्चल भनिने बन्दुक धनी चन्द्रराज गिरीको घरबाट अबैध भरुवा बन्दुक बरामद भएको छ । तर उनी फरार रहेपछि प्रहरीले उनकी श्रीमती ४५ वर्षीया धनसरा गिरीलाई पक्राउ गरिएको छ ।
गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बौनियाबाट प्रहरी निरीक्षक अनिस भण्डारीको नेतृत्वमा खटिएको टोलीले आइतबार साँझ ५ बजे घरभित्र लुकाईछिपाई राखेको एक थान दुईनाले भरुवा बन्दुक बरामद गरेको थियो ।
गिरीको घरबाट अन्दाजी ३६.९ क्युफिट सालको काठ समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता दक्षकुमार बस्नेतले बताए । उनले भने,फरार रहेका गिरीको खोजी कार्य भइरहेको र बन्दुक र काठ बारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार