९ असार २०८२, सोमबार

अलपत्र परेका ४ जनाको उद्धार



धनगढी । कैलालीको चुरे गाउँपालिकाले अर्घाखाचीबाट फर्केर स्याउलेमा अलपत्र परेका व्यक्तिहरुको उद्धार गरेको छ । मंगलबार अर्घाखाँचीबाट झरेर गोदावरीको स्याउलेमा अलपत्र परेका चुरे गाउँपालिका–४ का स्थानीय ४ जनालाई उद्धार गरेको हो ।

रोजगारीको शिलशिलामा अर्घाखाँची उनीबहरु लकडाउनका कारण काम बन्द भएपछि घर फिर्ता भएका थिए । गोदावरीको स्याउलेमा पुगेका उनीहरु गाउँपालिकाको सम्पर्कमा आएपछि गाउँपालिकाले उद्धार गरी चुरे गाउँपालिका ४ स्थित केदारेश्वर विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको उपाध्यक्ष दीपादेवी साउँदले जानकारी दिइन ।

उनले कोरोना रोकथामका लागि गाउँपालिका अहोरात्र खटिरहेको बताइन ।
बाहिरबाट आएका व्यक्तिहरुलाई १४ दिन अनिबार्य क्यारेन्टाइनमा राखेर घर फिर्ता गरिने नियम बमोजिम उनीहरुलाई आवश्यक खाद्यान्नको जोहो गरिएको जनाइएको छ ।
यसअघि चुरे गाउँपालिका–१ का स्थानीइ ६ जनालाई गोदावरी नगरपालिकास्थित मालाखेतीबाट उद्धार गरिएको अध्यक्ष धनबहादुर रोकामगरले जानकारी दिए । उनीहरूलाइर् माेहन्याल माध्यामिक विध्यालयमा स्थापना गरिएकाे क्वारेन्टाइनमा राखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार