१० श्रावण २०८१, बिहीबार

उपचारपछि ठिक भएर घर फर्किए लम्कीका संक्रमित (हेर्नुस भिडियो सहित)



धनगढी, वैशाख ७ गते । लम्की चुँहा नगरपालिका–९ का २१ राज विक कोरोना संक्रमणको उपचार गरेर घर फर्किएका छन् ।
सेती प्रादेशिक अस्पतालमा दुईसाता उपचारका लागि बसेका विकलाई कोरोनाको संक्रमण ठिक भएपछि घर पठाइएको हो ।
दुई साताको उपचारपछि पछिल्लो पटक गरिएको परीक्षणले उनमा कोरोना नरहेको देखिएको छ । सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा . जगदीश जोशीले काठमाडौमा भएको पहिलो परीक्षणमा विकमा कोरोना पोजेटिभ देखिएपनि उपचारपछि ठिक भएको बताए । धनगढीमा गरिएका पछिल्ला दुई परीक्षणमा नेगेटिभ देखिएपछि उनलाई घर पठाइएको हो डा. जोशीले भने विकको एक सातापछि फेरि थ्रोट स्वाब परीक्षण गरिने छ ।
विक चैत ११ गते मुम्वईबाट कैलाली पुगेका थिए । उनलाई चैत २३ गते कोरोना देखिएको थियो । लम्की चुँहा नगरपालिका–९ स्थित प्रतापपुरको क्वारेन्टाइनमा रहेका ४१ जनामध्ये उनलाई कोरोना देखिएको थियो ।
अस्पतालबाट छुट्ने क्रममा उनले आफूले राम्रो उपचार पाएको बताए । चिकित्सकको सल्लाह अनुसार अलग्गै बस्ने छु उनले बताए ।


सो अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, अस्पतालका अध्यक्ष दुर्गाप्रसाद जोशी र अस्तालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डे लगायतको सो अवसरमा उपस्थिति थियो । उनलाई लाली गँुराउसको फुल दिएर विदा गरिएको थियो । विक सेती अस्पतालकै एम्बुलेन्समा घर फर्किएका छन् ।
उनी घरको आर्थिक अवस्था कमजोर भएकोले १२ वर्षको उमेरदेखि नै रोजगारीका लागि मुम्वई जाने गर्दथे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार