१० श्रावण २०८१, बिहीबार

निर्माण व्यवसायी संघ कैलालीद्धारा नगद र मास्क सहयोग



धनगढी । निर्माण व्यवसायी संघ कैलालीले एक लाख १५ हजार नगद र ८ हजार थान मास्क सहयोग गरेको छ ।

धनगढी उपमहानगरपालिकाका क्षेत्रका विपन्न वर्गलाई सहयोग होस् भन्ने उद्देश्यले आइतबार धनगढी उपमहानगरपालिकालाई चेक र मास्क हस्तान्तरण गरिएको हो ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड १९) रोगका कारण विपन्न, गरिव तथा निमुखाहरुमा पर्न गएको आर्थिक संकटमा राहत होस भन्नका लागि निर्माण व्यवसायी संघ कैलालीका तर्फबाट संघका अध्यक्ष यज्ञराज उपाध्याय लगायतका पदाधिकारीहरुले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपवहादुर वडलाई हस्तान्तरण गरे ।

निर्माण व्यवसायी संघको सभाहलमा नगर प्रमुख वडलाई एक लाख १५ हजारको चेक तथा ८ हजार थान मास्क वितरण गरिएको निर्माण व्यवसायी संघ कैलालीका कोषाध्यक्ष दिर्घ जोशीले जानकारी दिए । निर्माण व्यवसायी संघले विभिन्न सामाजिक कार्यहरुमा विगत लामो समयदेखि सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार