१५ आश्विन २०८३, बिहिबार

नेबिसंघको स्थापना दिवसमा क्षेत्र नम्बर-५कैलालीद्धारा रक्तदान कार्यक्रम संचालन



धनगढी । नेपाल बिद्यर्थी संघ  क्षेत्र नम्बर-५कैलालीले आज देखि रक्तदान कार्यक्रम संचालन गरेको छ । नेपाल विद्यार्थी संघको ५१ औँ स्थापना दिवसको अवसरमा  आज देखि  धनगढीबाट रक्तदान कार्यक्रम संचालन गरेकाको हो ।  आज देखि संचालन गरिएको रक्तदान कार्यक्रम लकडाउन अबधि सम्म संचालन हुने नेपाल बिद्याथी संघका क्षेत्र नम्बर ५का सभापती गजेन्द्र बिक्रम शाहीले जानकारी दिएका छन् । 
आज गरिएको रक्तदान कार्यक्रममा  १० जनाले रक्तदान गरेका  थिए।कोरोना रोकथाम गर्न सरकारले गरेको लकडाउनको समयमा स्वास्थ्य संस्थामा रगतको अभाब हुने भएकोले रक्तदान गरिएकोको नेपाल विद्यार्थी संघका क्षेत्र नम्बर ५का  सचिव देबेन्द्र जोशीले बताए ।अभियानको रुपमा संचालित कार्यक्रममा प्रत्येक दिन बढीमा १० जना सम्मको मात्र रगत संकलन गरीने समेत जोशीले बताए ।

सामाजिक दुरी कायम गरी संचालन गरिने रक्तदान कार्यक्रममा सहभागी हुन चाहनेहरुले अनलाइन मार्फत फारम भरी रक्तदान कार्यक्रममा सहभागी हुन सक्ने बताईएको छ ।रक्तदान  गर्न ईच्छुक ब्याक्तीका लागि यातायातको व्यवस्था  समेत गरिएको  रक्तसंञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले जानकारी दिएका छन् ।
 नेपाली कांग्रेसको भतृ संगठन  नेपाल बिद्यार्थी संघले आफ्नो ५१ औँ स्थापना दिवसको अबसरमा रक्तदान कार्यक्रम  र बिभिन्न जिल्लामा राहत बितरण गरेर मनाई रहेको नेपाल बिद्यर्थाी संघका निवर्तमान केन्द्रीय सदस्य बिनय लामाले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार