जंगलमै चिरान गरेर घरबारीमा गाडेको अवस्थामा काठ बरामद (हेर्नुस तस्बिर र भिडियो सहित )
चौमाला । शुक्रबार कैलालीको गौरीगंगा नगरपालिका –३ राजीवुढामा रहेको राष्ट्रिय वनबाट एक सय ६० थान सालको चिरान काठ वरामद गरिएको छ ।
राष्ट्रिय वन र स्थानीयवासीका घरवारीमा गाडेर राखिएको अवस्थामा समेत गरेर ती काठ फेला परेको चौमालास्थित गौरीगंगा सव डिभिजन कार्यालयका सहायक वन अधिकृत शेरबहादुर भण्डारीले वताए । (हेर्नुस भिडियो )
ऐलानी जग्गाका स्थानीयका घरबारीमा गाडिएका काठ चौमाला ल्याएका छौ उनले भने राष्ट्रिय वनमा रहेका काठ भोलि ल्याउछौ होला । घरबारीमा गाडेर राखिएका काठ लकडाउनको मौका छोपेर जंगलमै चिरान गरेर ल्याइएको अनुमान छ ।
स्थानीय समाज युवा क्लवको सुराकीमा वनले ती काठ बरामद गरेको हो । काठ कसले काटेको भन्ने अनुसन्धान भइरहेको सहायक वन अधिकृत भण्डारीले बताए ।