१० श्रावण २०८१, बिहीबार

प्रदेश सरकारकाे काेराेना काेषमा महालक्ष्मीद्धारा चार लाख सहयाेग



 धनगढी । महालक्ष्मी विकास बैंकले सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा चार लाख सहयोग गरेको छ ।

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण र उपचारमा सहज होस् भन्ने हेतुले सरकारले खडा गरेको उक्त कोषमा चार लाख सहयोग गरेको बैंकका शाखा प्रवन्धक प्रकाश खडकाले जानकारी दिए ।

बैंककाे केन्द्रीय कार्यालयले ५० लाख रकमबाट सातवटै प्रदेशमा चार/चार लाख र संघीय सरकारकाे काेषमा १२ लाख दिने निर्णय गरेकाे थियाे । साेही अनुसार धनगढीस्थित शाखाबाट बिहिबार प्रदेश सरकारलाइ हष्तान्तरण गरिएकाे थियाे ।

बैंकका शाखा प्रमुख झंकर कडायतले प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टलाइ चेक हष्तान्तरण गरेका थिए । शाखा प्रमुख कडायतले मानविय सेवानै सबैभन्दा ठुलाे भएकाले रकम सहयाेग गरिएकाे बताए ।

साे अवसरमा बाेल्दै मुख्यमन्त्री भट्टले काेषमा जम्मा भएकाे रकम उपचार र अन्य अावश्यकताका अाधारमा खर्च गरिने बताए । उनले भने- प्रदेश सरकारले ४० कराेडमा स्थापना गरेकाे काेषमा अहिले नीजि क्षेत्रबाट सहयाेग भइरहेकाे छ । याे रकम स्वास्थ्य उपचार र अन्य अावश्यकताका अाधारमा खर्च गरिन्छ ।

मुख्यमन्त्री भट्टले अाम नागरिकलाइ लकडाउनकाे पूर्ण रूपमा पालना गर्न अाग्रह गरे । उनले भने -काेराेना नियन्त्रण गर्न मुख्य भनेकाे सामाजिक दुरी र लकडाउनकाे पूर्ण पालना हाे । त्यसैले अाम नगरिकले सरकारकाे निर्णय पूर्ण रूपमा पालना गरिदिनुहाेस ।

उनले अहिले पनि अाम नागरिकले सामाजिक दुरी र लकडाउनकाे पालना नगरेकाे गुनासाे गरे । मुख्यमन्त्री भट्टले भने -अहिले पनि मानिसहरू दुरी कायम गर्न सकिरहेका छैनन । त्यसैले तपाइ बैंकर तथा सहकारीहरू अाफ्ना ग्राहकलाइ यसबारे सचेतना फैलाउनुहाेस ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोषमा एक करोड २३ लाख रकम विभिन्न बैंक, वितिय संस्था र संघ/संस्थाबाट सहयोग भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार