१० श्रावण २०८१, बिहीबार

असिना पानीले गहुँ तथा नगदे बालीमा क्षति



चुरे । कैलालीकाे पहाडी क्षेत्रमा परेकाे अचानक परेकाे असिना पानीले त्यस क्षेत्रकाे गहुँ तथा नगदे बालीमा क्षति पुगेकाे छ । मंगलबार दिउँसाे अाएकाे हावाहुरीसंगै असिना पानीले त्यस क्षेत्रकाे कृषिमा ठुलाे क्षति पर्याएकाे जनाइएकाे छ ।

सुन्तलाकाे पकेट क्षेत्र मानिएकाे चुरेमा अचानक असिना पानी परेपछि अनुमानित एक कराेड बराबरकाे क्षति पुगेकाे गाउँपालिकाले जनाएकाे छ ।

किसानहरूले भर्खरै खुर्सानी, ट्माटर लगायतका तरकारी खेती गरिरहेका थिए । अचानक परेकाे असिना पानीले तरकारीका वेर्नानै नष्ट गरेकाे छ चुरे गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हुकुम बाेहराले भने ।

उनले सुन्तलाका बाेटहरूमा पनि क्षति पुगेकाे बताए । उनले भने- सुन्तलाका बाेटमा न त पात रह्याे न त फूलनै अब हाँगामात्र रहेका छन् । उनले किसानहरूले वेर्नाकाे व्यवस्था गर्न माग गरिरहेकाे जानकारी दिए । उनले काटेर राखेकाे गहुँमा पनि क्षति पुगेकाे बताए ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सचिव मिनराज बडुले असिना पानीले कृषिमा क्षति पुर्याएकाे बताए । उनले कोभिड १९ को कारणले देश लकडाउन भएको महासंकटको परिस्थितिमा उक्त क्षेत्रका कृषकमा निराश र भोकमरीको त्रास बढेकाे बताए ।

उनले भने -यस विपत्तिको घडीमा नोक्सानको पुर्ण जायजा लिइ उचित क्षतिपूर्तिको व्यवस्था गर्न स्थानीय सरकार र प्रदेश सरकारको सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौ ।

उनले छिटोभन्दा छिटो क्षतिको विवरण लिइ उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने बताए ।

तस्विरः मीनराज बडुकाे फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार