१० श्रावण २०८१, बिहीबार

साना व्यवसायीमाथि विभेद



धनगढी उपमहानगरपालिकामा साना व्यवसायीहरूमाथि विभेद गरिएकाे अाराेप लगाएका छन ।

सरकारले काेराेनाका कारण देशभरीनै लकडाउन जारी गरेकाे छ । लकडाउनलाइ सफल बनाउन धनगढी उपमहानगरपालिकाले साना तथा ठुला सम्पूर्ण अत्यावश्यक वस्तु विक्री वितरण गर्ने पसलहरूलाइ चैत २३ गतेदेखि पूर्ण रूपमा बन्द गर्न र घुम्ती सेवाबाट सेवा प्रदान गर्न अाग्रह गरेकाे थियाे ।

साेही अाधारमा अहिले धनगढीका सम्पूर्ण पसलहरू बन्द भएपनि धनगढीका दुइ वटा डिपार्टमेण्टल स्टाेरले भने घुम्ती सेवाका नाममा पसलबाटै सामानहरू विक्री वितरण गरिरहेकाे जनाइएकाे छ ।

धनगढी उपमहानगरपालिकाकाे चाैलानी डिपार्टमेण्टल स्टाेर र अाेम ट्रेड सेन्टरले घुम्ती सेवासंगै डिपार्टमेण्ट खाेलेर सेवा दिइरहेका हुन् ।

एक व्यवसायीले भने -डिपार्टमेण्टलले अत्यावश्यक बस्तु पसल खाेलेर प्रदान गरिरहेकाेमा गुनासाे हाेइन राज्यले गर्ने व्यवहारकाे गुनासाे हाे । उनले लकडाउनका बेला अाम नागरिकलाइ सामाग्री उपलब्ध गराउन साना व्यवसायी पनि तयार रहेकाे बताए । उनले भने – घुम्ती सेवा प्रदान गर्न ठेला र साइकलकाे प्रयाेग गर्न भनेकाे छ । तर, दुइ डिपार्टमेण्टलले गाडी प्रयाेग गर्दा पनि चुप छन् ।

उनले साना व्यवसायीहरूले पनि माेटरसाइकलबाट अर्डर अनुसार घरमा सामाग्री पुर्याउने व्यवस्था मिलाइदिन अाग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार