१० श्रावण २०८१, बिहीबार

काठ तस्करीमा संलग्न पाँच जना पक्राउ



कैलाली । कैलालीमा फेरी काठको गोलिया सहित पाँच जना पक्राउ परेका छन ।
कैलाली प्रहरीले गोदावरी नगरपालिका वडा नं २ बस्ने २१ वर्षिय भानु ओली , १८ वर्षिय ललीत ओली, २७ वर्षिय कमल आले, २६ वर्षिय अर्जुन वोहरा र १८ वर्षिय रुपेश थापामगरलाइ पक्राउ गरेको हो ।

गोदावरी नगरपालिका वडा नं ४ गोदावरी राष्ट्रिय वन भित्र मानिसहरु अबैध रुपमा रुख काटी चिरान बनाई काठ चिरान गरी राखेका छन् भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर बिष्टको कमाण्डमा र डिभिजन बन कार्यालय धनगढीबाट खटिएको संयूक्त टोलीले उनीहरुलाइ पक्राउ गरेको जनाइएको छ ।

टोलीले चेकजाँच गर्दा सोही बन भित्ररुख काटी चिरान काठ ओसार पसार गरी राखेको अबस्थामा फेला पारेको, सो बन भित्र २ थान साल जातका काठ का गोलीया समेत फेला पारेको जनाएको छ ।
टोलीले उनीहरुको घर समेत खानतलासी गर्दा रुपेश थापामगरको घरमा लुकाई छिपाई राखेको अबस्थामा चिरान कडी काठ समेत फेला पारी बरामद गरीएको ९१.८३ क्युफिट काठ बरामद गरेको थियो ।

उनीहरुलाइ थप अनुसन्धानको लागी डिभिजन बन कार्यालय धनगढी पठाईएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार