१० श्रावण २०८१, बिहीबार

धनगढीका १० जना पत्रकारको कोरोना परीक्षणका लागि नमूना संकलन



धनगढी  । धनगढीका १० जना पत्रकारको कोरोना भाईरस(कोभिड–१९) को परीक्षणका लागि नमूना संकलन गरिएको छ। कोरोनाको प्रभावपछि फिल्ड रिर्पोटिङ गरेका १० जना पत्रकारको परीक्षणका लागि आज नमूना संकलन गरिएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष अर्जुन शाहले जानकारी दिए।

उनीहरुको कोरोना परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा नमूना संकलन भएको हो। ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै पत्रकारले पनि जोखिममा रिर्पोटिङ गरेका छन्’ अध्यक्ष शाहले भने, ‘प्रदेश स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा परिक्षणका लागि नमूना संकलन गरिएको हो।

आज १० जनाको नमूना संकलन गरिएको छ, सीमा क्षेत्रमा रिर्पोटिङ गरेका अन्य पत्रकार साथीहरुले पनि नाम टिपोट गर्नुभएको छ उहाँहरुको पनि नमूना परिक्षण गरिनेछ।’

पत्रकारहरुको स्वास्थ्यमाथि चासो राखेर नै आफूले सकारात्मक चासो राख्दै परीक्षणका लागि पहल गरेको अध्यक्ष शाहले बताए। पत्रकार महासंघका काेषाध्यक्ष हिमाल जाेशी, पत्रकार तेजराज भट्ट, माेहन जाेशी, गगन एडी, दिनेश एफएमका सम्बाददाताहरूले परिक्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार