नेविसंघद्वारा कैलाली प्रहरीलाई सहयोग

धनगढी । नेपाल विद्यार्थी संघले कैलाली प्रहरीलाई सहयोग गरेको छ। नेवि संघले १ सय २० पेटि पानी र १० पेटी विस्कुट उपलब्ध गराएको हो।
आइतबार नेविसंघ कैलाली बहुमुखी क्याम्पस अध्यक्ष तथा पूर्व केन्द्रिय सदस्य सुमन केसी, नेविसंघ कैलाली बहुमुखी क्याम्पस नेता मनिष कुँवर, पूर्वाञ्चल विश्वविधालय अध्यक्ष विपिन कटुवल, विद्यार्थी नेता निराजन खड्का, मानबहादुर बुढा, अशोक थापा र मोहन खड्काले जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक सुदिप गिरी र प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन।