नेकपाका सांसदले मुख्यमन्त्रीलाई साढे आठ लाख राहत हस्तान्तरण गरे
धनगढी । सुदूरपश्चिम प्रदेश सभामा रहेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले कारोना पीडितका लागि आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राहत रकम हस्तान्तरण गरेको छ ।
सो पार्टीका प्रमुख सचेतक तारा लामा तामाङले का ३० जना प्रदेश सभा सदस्यहरुका तर्फबाट १५ दिनको पारिश्रमिक मुख्यन्त्रीलाई हस्तान्तरण गरेका हुन ।
प्रदेश सरकारले राष्टिय वाणिज्य बैक धनगढीमा स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा सो रकम जम्मा गरिएको प्रमुख सचेतक तामाङले बताए ।
३० जना प्रदेश सभा सदस्यको को १५ दिनको पारिश्रमिक रकम आठ लाख ४९ हजार ७५० सो कोषमा जम्मा भएको उनले बताए। नेकपाका प्रदेश सभामा ३९ सांसद रहेकोमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको पारिश्रमिक दिइसकेका छन् ।