१० श्रावण २०८१, बिहीबार

डडेल्धुरा अस्पतालको आइसोलेसनबाट भागेका २ जनाकाे काराेना रिपाेर्ट नेगेटिभ



डडेल्धुरा अस्पतालबाट भागेका दुई जनाकाे काेराेना भाइरस परीक्षणकाे रिपाेर्ट नेगेटिभ आएकाे छ। सेती प्रादेशिक अस्पताल धगढीमा गरीएकाे परीक्षणमा काेराेनाकाे रिपाेर्ट नेगेटिभ आएकाे अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले जानकारी दिए।

काेरोना भाइरस (कोभिड १९)को आशंकामा डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका उनीहरु शनिबार दिउँसो अस्पतालबाट भागेका थिए। डा विष्टका अनुसार कोरोना आशंकामा तीन दिनअघि अस्पतालमा भर्ना गरिएका उनीहरू अस्पताललाई जानकारी नदिइ भागेका हुन्।

निमित्त मेसु विष्टका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य नै थियोे। अस्पतालबाट भागेका उनीहरूहरु भागेश्वर गाउँपालिका ३ नानीगाडका व्यक्ति हुन्। उनीहरूको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ। 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार