धनगढीमा घरमै पुगेर कोभिड १९ को जाँच

धनगढी । धनगढी उप–महानगरपालिकाले घरमै पुगेर कोरोना भाईरस ( कोभिड १९) को जाँच सुरु गरेको छ ।
शुक्रवार वडा नं १२ बाट सुरु गरिएको कोरोना भाईरस ( कोभिड १९ को ) ¥यापीड टेस्ट शनिवार वडा नं ६ र ७ मा पनि सम्पन्न भएको छ । धनगढी उप–महानगरपालिकाले भारत लगायत बिभिन्न देशबाट पछिल्लो समय घर फर्किएका ६ सय ४१ जनालाई होम क्वारेन्टाईनमा राखेको थियो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडका अनुसार वडा नं १२ मा ३९ जना, वडा नं ६ मा १९ , वडा नं १३ मा १ जना, वडा नं ७ मा २० जनाको नमुना परिक्षण घरमै स्वासथ्यकर्मीहरु पुगेर गरेका छन् । परिक्षण गरिएका सबैको नमुना परिक्षण नतिजा नेगेटिभ देखाएको छ ।
धनगढी उप–महानगरपालिका वडा नं ७ का अध्यक्ष सिताराम रानाले घरमै क्वारेन्टाईन बसेकाहरुको कोरोना भाईरस ( कोभिड १९ को ) नमुना परीक्षण नेगेटिभ आएको बताएका छन् ।