१० श्रावण २०८१, बिहीबार

धनगढी र कैलारीमा भारतालद्धारा खाद्यान्न सामाग्री बितरण



धनगढी । कैलालीमा रहेको भारताल साझेदारी वन ब्यबस्थापन समुहले धनगढी उपमहानगरपालिका र कैलारी गाँउपालिकामा खाद्यान्न सामाग्री बितरण गरेको छ ।

लकडाउनका कारण दुबै स्थानिय तहमा रहेका दैनिक ज्याला मजदुरी गरी छाकटार्न समस्या भएका बिपन्न घर परिवारका लागि राहत स्वरुप खाद्यान्न सामाग्री बितरण गरिएको हो ।

कैलालीको धनगढी उपमहानगपालिकाका १६५ घर परिवार र कैलारी गाँउपालिकाका ४० घर परिवार गरि २ सय ५ घर परिवारलाई पुग्ने गरी राहत सामाग्री बितरण गरिएका छ । दुबै स्थानिय तहका बिपन्न घर परिवारका लागि प्रती घर परिवार १० किलोग्राम चामल ,१ किलोग्राम दाल, आधा लिटर तेल, १ किलो ग्राम नुन र १ थान सबुन गरी १लाख २५ हजार बढीको राहत सामाग्री बितरण गरिएको भारताल साझेदारी वन ब्यबस्थापन समुहका संयाजक यादब भण्डारीले जानकारी दिएका छन् ।

समुहको कार्यक्षेत्र भित्रका बिपन्न परिवारलाई खाद्य सामाग्री बितरण गर्न धनगढी उपमहानगरपालिकाका ११ वडाको लागि नगर प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरिएको भण्डारीले बताए ।

यस्तै कैलारी गाँउपालिकामा समहुको कार्यक्षेत्र भएको ३ वडाको लागि कैलारी गाँउपालिकाका अध्यक्ष लाजुराम चैधरीलाई खाद्य सामाग्री हस्तान्तरण गरिएको गरिएको उनले बताए । डिभिजन वन कार्यलय कैलालीका डिभिजनल वन अधिकृत रामचन्द्र कडेलको सहकार्यमा संचालित खाद्य सामाग्री बितरण कार्यक्रममा धनगढी उपमहानगनरपालिकाका नगर कार्यसमिति सदस्य प्रेमबहादुर बि.कको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार