तीन सय बढी विद्यार्थीलाई खाद्यान्न सहयोग
धनगढीमा खाद्यान्न अभावले समस्यामा परेका डेरा गरी बस्ने तीन सय ३५ जना विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको छ। नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर ५ कैलालीका सचिव देवेन्द्र जोशीका अनुसार नेविसंघ कैलालीले कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत तीन सय ३५ जना विद्यार्थीलाई खाद्यान्न सहयोग गरको हुन्।
प्रति विद्यार्थी १० किलो चामल, दुई किलो दाल र एक/एक पोका तेल हस्तान्तरण गरिएको नेबि सङ्घ इकाइ सदस्य तथा पूर्व केन्द्रीय सदस्य सुमन केसिले बताए । जिल्लाबाट आएर धनगढीमा डेरा गरी बस्दै आएकाहरूलाई समस्या भएकाले खाद्यान्न खाद्यान्न सहयोग गरेको उनले बताए ।
बिद्यार्थीहरुको हकहितका लागी आफूहरू अघि बढिरहेकाले विपतको समयमा सहयोग गर्नु सकारात्मक भएकाले आर्थिक स्थिति कमजोर भएका बिद्यार्थीहरुलाई राहत दिएको जनाएको छ । रोशन उपाध्याय, विनय चोखाल, मनिस कुँवर र नेवि संंघको सम्पर्कमा आएका विद्यार्थीहरूलाई खाद्यान्न वितरण गरेकाे केसिले बताए ।
उनका अनुसार यो अभियान जारी राखिनेछ। समस्यामा रहेका विद्यार्थीलाई ९८४८४५९५६३ र ९८४८४०५५४८ मा सम्पर्क गर्नहुन अनुरोध समेत गरिएको छ।