१० श्रावण २०८१, बिहीबार

नगर प्रमुख कोरोना संक्रमित युवकको घर पुगेपछि….



लम्की । लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले कोरोना संक्रमित २१ वर्षीय युवकको परिवारलाई राहत दिएका छन् ।
शुक्रबार लम्की चुँहा नगरपािलका‐९ प्रतापपुरस्थित संक्रमितको घर पुगेर नगरप्रमुख बजगाईले दैनिक उनकी आमालाई दैनिक उपभोग्य सामाग्री दिएका हुन् ।
सो अवसरमा नगर प्रमुख बजगाईले युवकको राम्रोसंग उपचार भइरहेको र नगरपालिका परिवारको साथमा रहेकोले चिन्ता नलिन आमालाई आग्रह गरेका थिए । उनले भने “कोरोना संक्रमित युवकको राम्रोसंग उपचार भइरहेको छ, चिन्ता लिनुपर्ने अवस्था छैन, तपाईहरुलाई सकिने जति सहयोग गर्न नगरपालिका तपाईहरुको साथमा छ ।”
नगर प्रमुख बजगाई खाद्यान्न सामाग्री लिएर आफ्नो आँगनमा पुगेपछि कोरोना संक्रमित युवककी आमाले गहभरी आँशु बनाउदै आफ्नो छोरोको अवस्था बारे चाँसो र चिन्ता व्यक्त गरेकी थिइन । नगर प्रमुख बजगाईले युवकको अवस्था सामान्य रहेको र उपचार भइरहेकोले चिन्ता नलिन आग्रह गरेपछि संक्रमित युवककी आमाले राहत महशुस गरेकी थिइन ।
राहत सामाग्री बुझ्दै संक्रमित युवककी आमाले राहत भन्दा पनि नगरपालिका साथमै रहेको आभास गराएकोमा नगरप्रमुखलाई धन्यबाद दिएकी थिइन । उनले भनिन “अहिले हामी ठूलो पीडामा छौं, राहतको आवश्यक्ता भएपनि साथको आवश्यकता ठूलो छ । यस विपतको घडीमा जनप्रतिनिधिका त कुरै छोडांै हाम्रो वरपरका आफन्त समेत आउदैनन् । एक्लो महसुस गरेका थियौं, तर तपाई आएर हामीसंगै उभिनुभयो यो नै सबै भन्दा ठूलो कुरा हो ।
उनले आफ्नो छोरालाई भारतबाटे व्रतबन्धका लागि बोलाएको पनि सुनाइन् । भारतको मुम्बईबाट चैत ११ गते गाउँ आएर क्वारेन्टाइन बसेका २१ बर्षिय युवकलाई गत २३ गते कोरोना संक्रमितको भएको पुष्टि भएको थियो । घरको आर्थिक अवस्था निक्कै कमजोर भएकोले उनले १२ वर्षको उमेरदेखि मुम्वई गएर काम गर्ने गरेका थिए । संक्रमितका वृद्ध आमावुवा र दुई भाइ छन्

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार