अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग
धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य एंव सार्वजनिक लेखा समिति सभापति कुमारी नन्दा बमले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री सहयोग गरेकी छिन् ।
बैतडीको गोकुलेश्वर अस्पताल र दार्चुला जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्री सहयोग गरेकी हुन । उनले सम्बन्धीत अस्पतालका प्रमुखलाई ती सामाग्री हष्तान्तरण गरेकी थिइन् ।
उनले अस्पतालमा पाँच सेट पिपिई, २५ सेट मास्क, स्यानिटाइजर लगायतका सामाग्री सहयोग गरेको बताइन ।
उनले स्वास्थ्यकर्मीलाई काम गर्न सहयोग पुगोस भनेर ती सामाग्री सहयोग गरिएको बताइन ।