१० श्रावण २०८१, बिहीबार

प्रभु बैंक अछामद्वारा राहत वितरण



प्रभु बैंककाे अछाम शाखाले राहत वितरण गरेको छ। काेराेना भाइरसकाे संक्रमण राेक्न गरिएकाे लकडाउनका कारण अछाममा औषधि तथा खाद्य समग्रीकाे अभाव भएका समाचार आएपछि बैंकले राहत वितरण गरेकाे हाे।

समाजिक उत्तरदायीत्व अन्तर्गत जिल्लामा औषधि तथा राहत सामग्री वितरण गरेको प्रभु बैंक अछामका कर्मचारी गणेश भण्डारीले बताए। अछामबाट ठूलो संख्यामा रोजगारीका लागि भारत गएकाहरु फक्रिएपछि त्यहाँ संक्रमण बढ्नसक्ने जाेखिम रहे पनि पर्याप्त औषधि र चिकित्सकका साथै आवश्यक खाद्य सामग्रीकाे अभाव छ।

यही सन्दर्भमा बैंकले आफ्नो संस्थागत नीति अन्तगर्त जिल्लामा राहत तथा आवश्यक सहयोग गरेको हाे। प्रभु बैंक अछामकाे कमलबजारमा बैंकिङ सेवा दिने एक मात्र बैंक हो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार