१० श्रावण २०८१, बिहीबार

डडेल्धुरा : नेपाल-भारत सीमामा आवागमन रोक्न युवाहरु सक्रिय



डडेल्धुरा- डडेल्धुराको भारतीय सीमावर्ती परिगाँउका युवाहरुले भारतबाट नेपालमा हुने आवागमनलाई पूर्णरुपमा रोक्न अभियान संचालन गरेका छन्। स्थानीय युवाहरुले नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगको समन्वयमा यहाँका सीमानाकामा लुकिछिपी हुने आवागमनलाई पूर्ण बन्देज गरेका छन्।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड- १९)को संक्रमण हुन नदिन भारतका विभिन्न स्थानबाट अवैध रुपमा नेपाल प्रवेश गर्ने र गराउने कामलाई निरुत्साहित गरिएकाे हाे। सीमा क्षेत्रमा ट्युवको प्रयोग गरी महाकाली नदी तारउतार गर्ने कार्यलाई पनि पूर्ण रुपमा रोक लगाएको स्थानीय युवा एवं समाजसेवी रामदत्त भट्टराईले बताए। उनले भने ‘यहाँका ट्युवकाे प्रयाेग मान्छे ल्याउने व्यक्तिहरुलाई समेत सम्झाइबुझाइ गरेको र नदीमा जान समेत प्रतिवन्ध गरेका छौ।’

दैनिकरुपमा माछामार्ने, नुहाउन जाने तथा गाईगोरु चराउन जाने व्यक्तिहरुलाई समेत सम्झाइबुझाइ गरिरहेको भट्टराईले जानकारी दिए। गाँउमा खेतीपातीको समय भएकाले सबैलाई सम्यमित रहन र अन्य व्यक्तिको सम्पर्कमा नजान आग्रह गरिरहेको उनले बता।

परिगाँउ क्षेत्रमा भारतबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा बस्न र परिवारसँग घुलमिल नहुन सल्लाह दिएको भट्टराईकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार