१० श्रावण २०८१, बिहीबार

एनएमबी बैंकद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई एक सय थान पीपीई हस्तान्तरण



धनगढी । एनएमबी बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई चिकित्सकका लागि आवश्यक व्यक्तीगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ ।

कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक एक सय थान गुणस्तरयुक्त व्यक्तीगत सुरक्षा सामाग्री (पीपीई) आज सुदुरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

एनएमबी बैंक प्रदेश ६ र ७ का प्रमुख रमेशराज भट्ट र धनगढी शाखाका प्रबन्धक अमन जोशीले संयुक्त रुपमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ती सामाग्रीहरु हस्तान्तरण गरे ।

सो अवसरमा प्रदेश सरकारका मन्त्रीहरु तथा उच्च स्तरीय पदाधिकारीहरुको पनि सहभागीता रहेको थियो । कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तीलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबी बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।

सामाजिक उत्तरदायित्व अनुसार एक सय थान व्यक्तीगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको एनएमबी वैंकका धनगढी शाखा प्रबन्धक अमन जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार