५ कार्तिक २०८१, सोमबार

डडेल्धुरामा क्वारेन्टाइनमा रहेका १०७ जना नमूना संकलन गरिँदै



डडेल्धुरा । डडेल्धुराका विभिन्न क्वारेन्टाइनमा बसेका १०७ जना मानिसहरूको ‘थ्रोट स्वाब’ नमूना संकलन कार्य सुरु भएको छ।

बिहीबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत स्वाब संकलन गरिने उपकरण भिटिएम त्यहाँ पुर्याइएपछि ‘थ्रोट स्वाब’ संकलन सुरु भएको हो।

डडेल्धुरा सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पस, परशुराम नगरपालिकास्थित त्रिवेणी बहुमुखी क्याम्पस र साँदनीगरी तीन स्थानबाट कोरोना परीक्षणका लागि ‘थ्रोट स्वाब’ संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। कोराना परीक्षणका लागि डडेल्धुरामा १०७ जनाको ‘थ्रोट स्वाब’ संकलन गरिनेछ।

सात स्थानीय तह रहेको डडेल्धुरामा सबै भन्दा बढी परशुराम नगरपालिकामा ६४ जना क्वारेन्टाईमा बसेका छन् । क्वारेन्टाईनमा मात्र बसेकाको नमुना संकलन नभएर अन्यको आवश्यक परे गर्ने सकिने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

करिब १९० जनाको डडेल्धुराबाट स्वाब संकलन गर्ने लक्ष्य रहेका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार