१० श्रावण २०८१, बिहीबार

सुन चाँदी पसलमा चोरी गर्ने बुवाछोरा पक्राउ



धनगढी । जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि रहेको प्रिया सुन चाँदी पसलमा बुधबार राति चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

चोरी गरेको आरोपमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ कारागार रोड बस्ने बर्ष ४५ का पप्पु गुप्ता र उनका २० वर्षीया छोरा पवन गुप्तापनि पक्रा्उ गरेको प्रहरीले जनाएको छ । पप्पु यस अघि लागु औषध तथा सार्वजनिक अपराधमा मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् । पसल सञ्चालक बिनोद कुमार बर्माले सुनको पाँच जोडी टप, चाँदीको सामान सहित १० लाख बढिको चोरी भएको बताएका छन् ।

गुप्ताले आफ्नै घरको छतमाथिको पानी ट्यांकी भित्र लुकाएको अवस्थामा चोरीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । चोरीको आरोपमा पक्राउ परेका पप्पु र उनका छोरा कारागार जाने चोकमा ठेलामा फलफूल र तरकारी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार