१० श्रावण २०८१, बिहीबार

सातौं धनगढी हाफ म्याराथन प्रतियोगिता स्थगित



धनगढी । धनगढी जेसिजले नयाँ वर्षमा आयोजना गर्दै आइरहेको सातौं धनगढी हाफ म्याराथन २०२० प्रतियोगिता स्थगित भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण प्रतियोगिता यस वर्षलाइ स्थगित भएको जनाइएको छ । छ वर्षदेखि हरेक नयाँ वर्षमा ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका साथ जेसिजले म्याराथन प्रतियोगिता गर्दै आएको छ ।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै हाफ म्याराथन २०२० प्रतियोगिता सम्पन्न गर्न नसकिने अवस्था आइपरेकोले अर्को निर्णय नहुन्जेल हाललाई स्थगित गरिएको जनाइएको छ ।

जेसिज धनगढीका अध्यक्ष श्याम पाठकको हष्ताक्षरमा जारी विज्ञप्तीमा मानविय स्वास्थ्यलाई मध्यनजर गर्दै यस विषम परिस्थितिमा प्रतियोगिता सम्पन्न गर्न नसकिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार