१० श्रावण २०८१, बिहीबार

सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने व्यक्ति पक्राउ



धनगढी । कैलालीको टीकापुरमा कोरोना भाईरसबाट संक्रमित व्यक्ति फेला परेको भन्दै सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने व्यक्ति पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय टीकपाुरले सामाजिक संजाल फेसबुकमा कोरोना भाईसरको संक्रमित ब्यक्ति भेटिएको भन्दै अफवाह फैलाएको आरोपमा टीकापुर नगरपालिका वडा नम्बर २ बस्ने पवन कुमार भट्टराईलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

उनले टीकापुर नगरपालिका वडा नम्बर १ को ब्लक नम्बर १० संक्रमित भेटिएको भन्दै आफ्नो फेसबुक वालमा राखेका थिए । आम नागरिक माझ सन्त्रास एवं अफवाह फैलाएको देखिएकोले आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार