६ कार्तिक २०८१, मंगलवार

कैलाली कञ्चनपुरमा र्यापीड टेष्ट शुरु



धनगढी । कैलाली र कञ्चनपुरमा कोराना भाईरस (कोभिड–१९) को र्यापिड टेष्ट ( द्रुत जाँच)का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएको ६ सदस्यीय स्वास्थ्य प्राविधिकको टोलीले मंगलबारदेखि कैलाली र कञ्चनपुरमा काम शुरु गरेको छ ।

सोमबार साँझ काठमाण्डौंबाट धनगढी आएको स्वास्थ्य प्राबिधिकहरुको टोलीमा धनगढीका प्राबिधिकहरुको पनि सहभागिता रहेको छ । मंगलबार बिहान छुट्टाछुटै टीम बनाएर प्राबिधिकहरुको टोलीकैलाी र कञ्चनपुरमा परिचालन भएको हो ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कैलालीको लम्की चुहा नगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा ¥यापिड टेष्ट गर्ने बताए ।

छुट्टाछुट्टै रुपमा कैलाली र कञ्चनपुरमा खटिएका टोलीले दुईटै जिल्लामा सयरसय जनाको नमूना संकलन गर्ने छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोरोनाको परीक्षण गर्ने तथा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर एकिन गर्ने निर्णय गरेको थियो ।

उक्त टोलीले कैलाली र कञ्चनपुरमा भारतबाट आएका व्यक्तिहरुमा कोरोनाको संक्रमण भए नभएको पत्ता लगाउन थ्रोट स्वावको नमूना संकलन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार