१० श्रावण २०८१, बिहीबार

ओम ट्रेड डिपार्टमेन्ट स्टोरको ‘होम डेलिभरी’ व्यबस्था



धनगढी । लकडाउनका कारण नागरिकलाई दैनिक उपभोग्य सामग्रीको अभाव नहोस् भन्ने उदेश्यले धनगढी स्थित ओम ट्रेड डिपार्टमेन्ट स्टोरले होम डेलिभरीको व्यबस्था गरेको छ ।

लोकडाउन धनगढीमा कडाई भएका कारण धनगढीबासीलाई दैनिक उपभोग्यबस्तुको आफुर्ति गर्नका लागि होम डेलीभरीको व्यबस्था गरेको स्टोरका व्यबस्थापक सागर खड्काले जानकारी दिए ।

धनगढीका जुनसुकै स्थानमा स्टोरको 091-523528, 9848563777 नम्बरमा टेलिफोन गरी आफुलाई आवश्यक परेको सामग्री अडर गरेको सामग्री पठाईने व्यबस्थापक खड्काले जानकारी दिए ।

कोरोना भाईरसका कारण देश आक्रान्त भएका बेला जनता घरैबसेर सुरक्षित भएर आफ्ना सेवा लिन पाउन् भन्ने उदेश्यले घरमै सामाग्री पुगाउने व्यबस्था मिलाएको स्टोरका संचालकले जानकारी दिएका छन् । सामान अडर गर्ने ग्राहाकले बिहान साढे सात बजे देखी ११ बजे भित्र आफ्नो अडर टिपाउन अनुरोध गरेको छ ।

साथै स्टोरले आफ्ना ग्राहकलाई सुरक्षित भएर घरमै बसी कोरोना भाईरसबाट साबधानी अपनाउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार