१० श्रावण २०८१, बिहीबार

लकडाउनमा कडाई, धनगढी बजार पूर्ण रुपमा बन्द



धनगढी । कोरोनाका थप तीन जना संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ ।
अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन् । आज बजारमा कुनै पनि पसल खुलेका छैनन ।

धनगढी उपमहानगरपालिकाले हिजो विज्ञप्ति प्रकाशित गर्दै सम्पूर्ण पसलहरु बन्द गर्ने निर्णय गरेको  थियो ।

उप–महानगरपालिकामा जारी विज्ञप्तीमा भनिएको छ, ‘आइतवार बिहानै देखि लागु हुने गरि सम्पूर्ण खाद्यान्न, तरकारी लगायत दैनिक उपभोग्य सामाग्रीका पसलहरु, सबै किसिमका सवारी साधनहरु पूर्ण रुपमा बन्द गरेर सहयोग गरिदिनहुन ब्यापारी मित्रहरुमा अनुरोध गर्दछौं।’

यस अवधीमा अतिआवश्यक दैनिक उपभोग्य बस्तुको होम डेलिभरी गरि उद्योग वाणिज्य संघ कैलाली, किराना ब्यावसायी संघ कैलाली, दुग्ध ब्यावसायी, तरकारी ब्यावसायी लगायतका सबैमा आग्रह पनि गरिएको छ।

यो निर्णयको कार्यान्वयनमा सहयोग पु¥याईदिनहुन स्थानीय प्रशासन र प्रहरीसंग अनुरोध पनि गरिएको छ।उपमहानगरपालिकाले बिहिवारमात्रै बिहान ६ बजदेखि ९ बजेसम्म पसल खोल्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार